ताजा समाचार

चाँगुनारायण नगरपालि मेयर र उपमेयर दुवैमा एमाले विजयी

भक्तपुर, १६ जेठ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयर र उपमेयर दुवैमा एमाले विजयी भएको छ । एमालेका नगर प्रमुखका उम्मेदरवार सोम प्रसाद मिश्र ८ हजार ५ सय १२ र एमालेकी नगर उपप्रमुख विणा बास्तोला ८ हजार ७ सय ३९ मत ल्याएर बिजयी भएका हुन् ।

मिश्रका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजाराम खड्काले ६ हजार ८ सय ६९ र बास्तोलाकी निकतम प्रतिद्वन्द्वी कांग्रेसकै उम्मेदवार सरु बानियाँले ७ हजार ४ सय ६७ मत प्राप्त गरेकी छिन् । वडा जम्बर ६ को एउटा बुथमा पुनः मतदान र चार मतगणना रोकिएर पुनः सुचारु भएकाले परिणमा आउन ढिला भएको हो ।

चाँगुनारायण नगरपालिकामा वडा नम्बर १, २, ५ र ७ मा नेपाली काँग्रेसको समूह विजयी भएपनि वडा नम्बर ३, ४, ६, र ८ मा एमालेको समूह नै विजयी भएको छ । वडा नम्बर ५ र ७ मा एक–एक सदस्यमा एमालेका उम्मेदवार नै विजयी भएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org