ताजा समाचार

लमजुङमा अलैँची विरुवाको मूल्य तोकियो, प्रतिविरुवा ७ देखि १० रुपैयाँसम्म

लमजुङ, १८ जेठ । अलैँचीको विरुवा रोप्ने सिजन सुरु भएसँगै अलैँची विरुवाको नयाँ मुल्य निर्धारण गरिएको छ । जिल्ला कृषि विकास कार्यालय लमजुङ र नेपाल अलैँची व्यवसायी महासंघ लमजुङ शाखाले संयुक्त रुपमा अलैँचीको विरुवाको नयाँ मूल्य निर्धारण गरेका हुन् ।

नयाँ मुल्य अनुसार अलैँचीको प्रति विरुवा ७ रुपैयाँदेखि १० रुपैयाँसम्म निर्धारण गरिएको छ । अलैँचीको गुणस्तर र जातका आधारमा मुल्य निर्धारण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कार्यालयका अनुुसार रामसाई, गोलसाई र भरलाङ्गे जातको गुणस्तरीय विरुवाको प्रति मूल्य १० रुपैयाँ र सामान्य विरुवाको ८ रुपैयाँ निर्धारण गरिएको छ । डम्वरसाई, साउने र जिर्मले जातका अलैँची विरुवाको ९ रुपैयाँ र सामान्य विरुवाको ७ रुपैयाँसम्म मुल्य निर्धारण गरिएको छ । गतवर्ष जिल्लामा प्रति विरुवा १२ रुपैयाँ निर्धारण गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org