राति सुतेको अवस्थामा घरभित्रै पसेर नेपाली अपहरण गर्ने भारतीय समूह प्रहरी फन्दामा
डोटी, १८ जेठ । बुधवार राति एक नेपालीलाई अपहरण गर्ने भारतीय समूहलाई प्रहरीले पक्राउ गरेको छ । डोटी दिपायल सिलगढी नगरपालिका–८ लडागडा निवासी लालबहादुर आउजीलाई अपहरण गर्ने भारतीय समूहलाई प्रहरीले पक्राउ गरेको हो । यद्यपी प्रहरीले अपहरणकारी को थिए भन्ने खुलाएको छैन ।
मध्यराती अपहरण गर्ने ब्यक्तिहरु भारतीय भएको स्थानीयले बताएका छन् । स्थानीयबासीका अनुसार राती करिब दुई बजे भारतमा काम गर्ने लडागडाकै प्रसाद पार्की र अन्य तीन जना भारतीयले घरमै सुतेका बेला लालबहादुरको अपहरण गरेका हुन् ।
‘प्रसादले मध्यरातमा ढोका ढक्ढक्याएपछि लालवहादुरकी श्रीमतिले ‘को हो भनी सोध्दा उनले आफ्नो परिचय दिएपछि ढोका खोलियो’ एक स्थानीयले भने ‘ढोका खोल्नासाथ उक्त समूह भित्र पसी लालवहादुरलाई हात खुट्टा बाँधी जवरजस्ती गाडीमा हालेर लगे ।’ उनी भन्छन् ‘डोरीले हात खुट्टा बाँधियो र मुखमा पट्टी पनि बाँधियो ।’
घटनापछि स्थानीयले तत्काल ईलाका प्रहरी कार्यालय लडागडामा खवर गरेका थिए । घट्नाको सुचना जिल्ला प्रहरी कार्यालय डोटीसम्म पुगेपछि जिप्रकाको पहलमा अपहरणमा प्रयोग गरिएको गाडी, अपहरणकारी र अपहरित व्यक्तिलाई नियन्त्रणमा लिएको बताइएको छ । डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टले घटना घटना भएको र छानविन भइरहेको बताए ।
Comments
अरु समाचार
-
पारिवारिक सुखको कामना गर्दै आजदेखि जितिया पर्व मनाइँदै
जलेश्वर (महोत्तरी), ७ असोजः सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’...
-
आइसिसी विश्वकप क्रिकेट : नेपाल क्यानडासँग पाँच विकेटले पराजित
काठमाडौँ, ७ असोजः क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
रविलाई पक्राउ गर्ने चर्चासँगै पार्टी कार्यालयमा सरगर्मी बढ्यो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा सरगर्मी बढेको छ । सभापति लामिछाने...
-
दुई महिनामा साढे ९४ अर्ब सरकारी ऋण थपियो
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा रु ९४ अर्ब ५२ करोड सरकारी ऋण थपिएको छ ।...
-
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
काठमाडौं । साताको पहिलो दिन अर्थात कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।...
-
मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित,उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्र कायमै राख्दा पर्यटक आवागमन न्यून
काठमाडौं । ऐतिहासिक र धार्मिक महत्वको मुस्ताङको पृथक भू–बनोट, प्राकृतिक, भौगोलिक, सांस्कृतिक, जैविक विविधताले विश्वभरका पर्यटक आकर्षित हुँदै आएका छन्...