इलाममा माओवादी केन्द्रले उम्मेदवार टुङ्ग्यायो, चुनाव प्रचार गर्न गाउँगाउँमा
इलाम, १९ जेठ । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारको टुंगो लगाएको छ । १० वटा स्थानीय तह रहेको इलाममा माओवादी केन्द्रले प्रमुख र उपप्रमुखसहितका उम्मेदवारको टुङ्गो लगाएको हो ।
चार नगरपालिका र ६ वटा गाउँपालिकामा उम्मेदवार टुङ्गो लागेको माओवादी केन्द्र इलाम जिल्ला कार्यालय सचिव जीवन शर्माले जानकारी दिए । उम्मेदवारी घोषणासँगै प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यका साथै कार्यकर्ता चुनावी प्रचारप्रसारका लागि गाउँगाउँ पस्न थालेका छन् । माओवादीले ८१ वटा वडामा वडाध्यक्ष र सदस्यको उम्मेदवारी यसअघि नै घोषणा गरिसकेको छ ।
माओवादी केन्द्रले सन्दकपुर गाउँपालिकाको अध्यक्षमा प्रेम नाछिरिङ राई र उपाध्यक्षमा भूमिका तामाङ, माईजोगमाई गाउँपालिकाको अध्यक्षमा देवी शिवाकोटी र उपाध्यक्षमा सङ्गीता थामी, सूर्योदय नगरपालिकाको प्रमुखमा छवि राई र उपप्रमुखमा टीका घिमिरे (राई) को उम्मेदवारी घोषणा गरेको हो ।
यसैगरी, रोङ गाउँपालिकाको अध्यक्षमा नवराज कट्टेल र उपाध्यक्षमा अञ्जना लेप्चा, माई नगरपालिकाको प्रमुखमा भक्त लुङ्गेली र उपप्रमुखमा रञ्जना थापा, चुलाचुली गाउँपालिकाको अध्यक्षमा तुला लावती र उपाध्यक्षमा धनमाया पोखरेलको उम्मेदवारी घोषणा भएको हो ।
यस्तै, फाकफोकथुम गाउँपालिकाको अध्यक्षमा राजकुमार थापा र उपाध्यक्षमा लक्ष्मी मुखिया, देउमाई नगरपालिकाको प्रमुखमा रामकुमार राई र उपप्रमुख शान्ता बस्नेत तथा इलाम नगरपालिका प्रमुखमा छविलाल आचार्य (प्रभाष) र उपप्रमुखमा प्रेमकुमारी गुरुङको उम्मेदवारी घोषणा भएको हो ।
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












