डोटीमा नेपाली अपहरण गर्ने भारतीय प्रहरीलाई सम्मानजनक तरिकाले छाडियो
डोटी, १९ जेठ । नेपाली नागरिकको अपहरण गर्दा पक्राउ परेका भारतीय प्रहरीलाई विना कारबाही छोडिएको छ । दुई देशबीचको सम्बन्धको कुरा भन्दै नेपाली प्रहरीले उनीहरुलाई कुनै कारबाही नगरी भारतको जिम्मा लगाइएको हो । बिनाइजाजत नेपाल आएका भारतीय प्रहरीले धुधबार मध्यरातमा दिपायल सिलगढी नगरपालिका ८ लडागडाका लालबहादुर आउजीलाई अपहरण गरेका थिए ।
उनीहरुले आफ्नै घरमा सुतिरहेका लालबहादुरलाई कुटपिट गर्दै नाम्लोले हातखुट्टा बाँध्नुका साथै मुखमा पट्टी लगाएर गाडीमा हाली भारततर्फ लैजाने प्रयास गरेका थिए । स्थानीयले प्रहरीलाई खबर गरेपछि भारतीय टोली पक्राउ परेको थियो । खानतलासीको क्रममा उनीहरु भारतीय प्रहरी अधिकारी डिएसपी नागराजसहित नेतृत्वमा रहेको पुष्टि भएपछि उनीहरुलाई प्रहरीले सम्मानपूर्वक व्यवहार गरेको थियो ।
उनीहरुलाई महाकाली अञ्चल प्रहरी कार्यालयमार्फत भारतीय सीमा प्रहरीको जिम्मा लगाइएको सुदूरपश्चिम प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रोमेन्द्र सिंह देउजाले जानकारी दिए । ‘दुई देशको सम्वन्धको पनि कुरा आउँछ,’ उनले भने, ‘भारतीय प्रहरी भएको पुष्टि भइसकेपछि हामीले जताबाट आएका हुन्, उतै पठाइदियौं ।’
कुनै घटनाको अनुसन्धानका लागि भारतीय प्रहरी नेपाल आउन सक्ने भएपनि उनीहरु सूचना नदिएर आएको पाइएको उनले बताए । प्रहरी नायव महानिरीक्षक देउजा भन्छन्, ‘उनीहरुले सूचना नगरेर आएकोमा माफी मागिसकेका छन्, त्यसैले हामीले भारतीय प्रहरीलाई जिम्मा लगाएका छौं ।’ त्योभन्दा अरु कुनै कारवाही गर्ने कानुनी प्रावधान नरहेको देउजा बताउँछन् ।
डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद शर्माले पनि भारतीय प्रहरीलाई कारबाही नगरिएको पुष्टि गरे । ‘भारतीय प्रहरी हुन भन्ने पुष्टि भयो’ शर्माले भने ‘दुई देशको कुरा भएका कारण हामीले कारवाही गर्न नमिल्ने, माथिको आदेश जस्तो आयो त्यहीअनुसार गरियो ।’
नेपाली नागरिकको अपहरण गर्ने भारतीय प्रहरीलाई बिना कारबाही छोडिएको घटनामाप्रहरी चौतर्फी आलोचना भएको छ । सामाजिक सञ्जाल लगायतमा उनीहरुलाई अपहरण अन्र्तगत कारवाही हुनुपर्नेमा उल्टै सम्मानजनक रिहाई गरिएको भन्दै चर्को आलोचना भएको हो ।
Comments
अरु समाचार
-
एमालेको मतदान बेलुका ८ बजे सकिने, दुई घण्टामा नतिजा
काठमाडौं । नेकपा (एमाले)को ११औं महाधिवेशनको जारी मतदान बेलुका ८ बजे सकिने आकलन गरिएको छ । बिहान ९ बजेर २० मिनेटमा...
-
हर्क साम्पाङ नेतृत्वको पार्टीका उपाध्यक्ष पक्राउ !
काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ (विश्वक्रान्ति)लाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी)ले पक्राउ गरेको छ...
-
पेलेको जमाना गइसक्यो, अब मेस्सीहरू आउँछन: कृष्णगोपाल श्रेष्ठ
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई महान फुटबलर पेलेको उपमा दिएर चर्चामा आएका कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ...
-
एमालेको नेतृत्व चयन गर्न मतदान सुरु
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अध्यक्षका प्रत्याशी केपी शर्मा ओली...
-
एमाले महाधिवेशनः महासचिवमा शंकर कि सुरेन्द्र, सम्भावना यस्तो छ !
काठमाडाैं । एमालेको ११ औं महाधिवेशनबाट महासचिवमा सुरेन्द्र पाण्डे निर्वाचित हुने सम्भावना बढ्दै गएको छ । महासचिव पदका कारण अध्यक्षका...
-
चुनाव २०८२ः राजनीतिक दल र उम्मेदवारले १० वटा मात्रै झण्डा प्रयोग गर्न सक्ने
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग नहोस् भन्ने उद्देश्यले नयाँ व्यवस्था प्रस्ताव गरेको छ । आयोगले...
-
Nepal–China Investment Symposium Emphasizes Economic Cooperation and Investment Growth
Kathmandu,16 Dec : Nepal’s Finance Minister, along with leading industrialists and business representatives, has called upon Chinese entrepreneurs and business...
-
खगेन्द्रप्रसाद र रुद्रकली भैरहवा पुगे, बुधबार कतार उड्ने !
काठमाडौं । नेपाल सरकारले कतारलाई उपहारस्वरुप प्रदान गरेका खगेन्द्रप्रसाद र रुद्रकली हात्ती मंगलबार बिहान भैरहवा आइपुगेका छन् । सोमबार मध्यान्ह...
-
हर्षल पाठक नेपाली महिला क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त
काठमाडौं । हर्षल पाठक नेपाली महिला राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । उनलाई क्यानले मुख्य प्रशिक्षक नियुक्त...












