ताजा समाचार

एमालेले विरोध प्रदर्शन गर्न थालेपछि भरतपुरका केही क्षेत्र निषेधित घोषणा

चितवन, २१ जेठ । चितवनको भरपुरका केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । सुरक्षाका लागि भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र मतगणना स्थलको सुरक्षालाई ध्यानमा राखेर भरतपुरको चौबिसकोठी, मालपोत, हाकिमचोक, अस्पताल रोड आसपासका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए ।

भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा ९० वटा मतपत्रमा क्षति पुगेपछि निर्वाचन आयोगले फेरि मतदान गर्ने निर्णय गरेपनि एमालेले विरोध गरिरहेको छ । एमालेले भरतपुर लगायत देशभरका विभिन्न स्थानमा आयोगको निर्णयको विरोध गरिरहेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org