ताजा समाचार

अछाममा उपचारको अभावमा झाडापखालाबाट एक महिलाको मृत्यु

अछाम, २२ जेठ । अछाममा झाडापखालाबाट एक महिलाको ज्यान गएको छ । दुर्गम रामारोशन गाउँपालिका वडा नम्बर ५ नेटाकोटकी ३५ वर्षीया कोकिला टमाटाको पखालाका कारण गएराति ज्यान गएको हो ।

आर्थिक अवस्था कमजोर रहेकी उनको समयमा उपचार नपाउँदा ज्यान गएको स्थानीयले बताएका छन् । उनलाई एक सातादेखि झाडापखाला लागेको थियो । उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतको मुम्बईमा छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org