ताजा समाचार

मेड इन युएसए लेखिएको पेस्तोल र चार राउण्ड गोलीसहित एकजना पक्राउ

सप्तरी, २२ जेठ । प्रहरीले पेस्तो र चार राउण्ड गोलीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बोदेबरसाईन नगरपालिका–१४ का ३० वर्ष पप्पु यादव रहेको सप्तरीका प्रहरी प्रमुख एसपी अनुराग द्धिबेदीले जानकारी दिए ।

गस्तीमा रहेका प्रहरीले शंका लागेर चेक गर्दा यादवको साथबाट मेड इन युएसए लेखिएको पेस्तोल एकथान र त्यसमा लाग्ने चार राउण्ड गोली बरामद भएको एसपी द्धिबेदीले जानकारी दिए ।  घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । एक हप्ताअघि पनि सप्तरी प्रहरीले पेस्तोल र गोलीसहित दुईजना युवकलाई पक्राउ गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org