बालिकाको बलात्कारपछि हत्या भएको भन्दै आज माडी बन्द
चितवन, २३ जेठ । दक्षिण चितवनको माडीको रामराज्यपुरका दुई बालिकाको मृत्यु प्रकरणको विषयलाई लिएर आज माडी बन्द गरिएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बन्दका कारण बिहानैदेखि भरतपुर–माडी ठोरी चल्ने सवारीसाधन ठप्प छन्। पानीमा डुबेर मरेको भनिएका दुई बालिकाको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गर्न आज बन्द गरिएको स्थानीयले बताएका छन्।
नेकपा माओवादी केन्द्र निकट महिला सञ्जालको नेतृत्वमा विभिन्न सङ्घसंस्थाको सहभागितामा बन्द आह्वान गरिएको जनाइएको छ।बालिकाको शरिरका विभिन्न ठाउँमा चोट देखिएको र रगत समेत देखिएको भन्दै कसैले हत्या गरेको आशङ्का उनीहरुको छ। सो घटनाको विषयमा महिला सञ्जालले दबाब दिएपछि चिकित्सक, प्रहरी तथा अनुसन्धानको टोली सोमबार घटनास्थल पुगेर स्थलगत निरीक्षण समेत गरेको छ।
भरतपुरमा पनि महिला सञ्जाललगायत विभिन्न सङ्घसंस्थाले घटनाको गहिरो अनुसन्धान गरेर दोषीलाई कडा कारबाहीको माग गरेका छन्। शनिबार साथीहरुसँग पिकनिक गएका माडी नगरपालिका–६ रामराज्यपुरका १२ वर्षीया दीपशिला परियार र ११ वर्षीया दिपीका सुनारलाई पोखरीमा डुबेको अवस्थामा फेला पारिएको थियो। उनीहरुको उपचारका क्रममा सोही दिन साँझ मृत्यु भएको थियो।
शव परीक्षण प्रतिवेदन अलि अस्पष्टजस्तो देखिएकाले घटनास्थलमै पुगेर स्थलगत अवलोकन गरिएको चितवनका प्रहरी प्रमुख दीपक थापाले जानकारी दिए। उनले गुप्तांग, खुट्टाको काप, कानको लोतीमा टोकेको देखिएकाले केले टोकेको हो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको जानकारी दिए।
घटनाको अनुसन्धानका लागि पिकनिकमा संलग्न १६ वर्ष माथिका तीनजनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको उनको भनाइ छ। सो घटनापछि माडीका स्थानीयले भने प्रदर्शन जारी राखेका छन्।
Comments
अरु समाचार
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...
-
परराष्ट्रमन्त्री डा राणाद्वारा न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले न्युयोर्कमा विभिन्न देशका विदेशमन्त्रीहरुसँग द्विपक्षीय भेटवार्ता गरेकी छन्। संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा...
-
कर्मचारी अभावमा गण्डकी प्रदेशसभाको पुस्तकालय प्रयोगविहीन
काठमाडौं । कर्मचारी अभावमा गण्डकी प्रदेशसभा सचिवालयअन्तर्गत रहेको पुस्तकालय नियमित सञ्चालन हुनसकेको छैन । अधिकांश समय पुस्तकालय बन्द रहँदा प्रदेशसभा...
-
भारतीय प्रधानमन्त्रीले चाँडै नेपालको भ्रमण गर्ने भन्नुभएको छ: परराष्ट्रमन्त्री डा. राणा
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री केपी शर्मा...
-
हिरासत कक्षबाट आठ थुनुवा फरार
काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षको ‘भेन्टिलेशन’ भत्काएर नौ जना थुनुवा फरार भएका छन् । जिल्ला प्रहरी कार्यालयका...