ताजा समाचार

७० किलो चरेससहित धादिङको गजुरीबाट दुई जना पक्राउ

धादिङ, २४ जेठ । धादिङको गजुरीबाट प्रहरीले ७० किलो चरेससहित दुई जनालाई पक्राउ गरेको छ। गजुरीबाट नारायणगढ गइरहेको ना ६ ख १३७ नम्बरको ट्रकबाट प्रहरीले चरेश बरामद गरेको हो। पृथ्वीराजमार्गको बेनिघाट बजारमा रोकेर खानतलासी गर्दा ट्रकमा चरेश फेला परेको थियो।

प्रहरीले ट्रक चालक कृष्णबहादुर राई र सहचालक आयुष लामालाई पक्राउ गरेको छ। चालक कृष्णबहादुर यसअघि पनि लागूऔषध ओसारपसार गरेबापत दुई वर्ष कैद भुक्तान गरी गत महिना मात्रै रिहा भएका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org