ताजा समाचार

प्रचण्ड आज सरकारी निवास बालुवाटार छाड्दै लाजिम्पाटस्थित निजी निवासमा सर्ने

काठमाडौं, २४ जेठ । निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बालुवाटार छाड्दैछन् । गत वर्ष साउन १९ गते प्रधानमन्त्री निर्वाचित भएका प्रचण्ड त्यसको तीन दिनपछि बालुवाटारस्थित सरकारी निवासमा सरेका थिए ।

मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि प्रचण्डले बालुवाटारस्थित प्रधानमन्त्री निवास छाडेर लाजिम्पाटस्थित निजी निवासमा फर्कन लागेका हुन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा हुने देउवाको सपथग्रहण कार्यक्रममा सहभागी भएर प्रचण्ड उतैबाट लाजिम्पाटस्थित निजी निवासमा जाने कार्यक्रम रहेको प्रचण्डका प्रेस सहयोगी मनहरी तिमिल्सिनाले जानकारी दिए । उनले भने, ‘शितलनिवासमा देउवा जीलाई प्रधानमन्त्रीको कुर्सि हस्तान्तरण गरेर उतैबाट लाजिम्पाट जाने कुरा छ ।’

बालुवाटार छाड्नु अघि नै बुझबुझारथ गरिसकेको तिमल्सिनाले जानकारी दिए । ‘हामी बालुवाटार आउँदा खासै सामानहरु ल्याएका थिएनौं । जे जति बुझाउनु पर्ने हो सबै कर्मचारीहरुलाई बुझाइसकेका छौं । थोरै मात्र सामान लाजिम्पाट सारिएको छ,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org