ताजा समाचार

काठमाडौंका सबै स्थानीय तहमा १ साताभित्र कर्मचारी खटाउन मुख्यसचिवको निर्देशन

काठमाडौं, २४ जेठ । काठमाडौं उपत्यकाभित्र रहेका स्थानीय तहमा एक हप्ताभित्र कर्मचारी खटाईसक्न मुख्यसचिव सोमलाल सुवेदीले निर्देशन दिएका छन् । बैशाख ३१ गते सम्पन्न पहिलो चरणको निर्वाचन अन्तर्गत काठमाडौं उपत्यकाका महानगरपालिका र नगरपालिमा एक हप्ताभित्र कर्मचारी खटाइसक्न निर्देशन दिएका हुन् ।

स्थानीय तहको चुनाव भएको करिब एक महिना पुगिसकेका भन्दै उनले तत्काल कर्मचारी खटाएर स्थानीय तहलाई कार्यान्वयनमा ल्याउन निर्देशन दिएका हुन् । स्थानीय तहमा कर्मचारी खटाउने सन्दर्भमा विषयगत मन्त्रालयका सचिवहरु र सहसचिवहरुसँगको छलफलपछि मुख्यसचिव सुवेदीले यस्तो निर्देशन दिएका हुन् ।

यसका लागि सामान्य प्रशासन मन्त्रालयको सचिवको नेतृत्वमा स्थानीय विकास मन्त्रालयका सचिव र विषय मन्त्रालयको सचिव गरी तीनजनाको कार्यदल बनाउन सुवेदीले निर्देशन दिएका छन् । सो कार्यदलले एक हप्ताभित्र उपत्यकाभित्रका महानगरपालिका र नगरपालिकामा आवश्यक कर्मचारी खटाइसक्नुपर्ने छ ।

मुख्यसचिव सुवेदीले कम्तिमा एक महिनाभित्र सबै स्थानीय तहमा कर्मचारी खटाइसक्न निर्देशन दिएका छन् । उनले स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न विस्तृत ओ एण्ड एम सर्भे सम्पन्न पश्चात सोही बमोजिम हुने गरी स्थानीय तहमा कर्मचारी खटाउन भनेका हुन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org