मनोरञ्जन क्षेत्रमा कार्यरत महिलाप्रति हुने यौन हिंसा नियन्त्रण गर्न कडा कानुनमा जोड
काठमाडौं, २५ जेठ । मनोरञ्जन क्षेत्रमा कार्यरत श्रमजीवी महिलाप्रति कार्यस्थलमा हुने यौन हिंसा नियन्त्रण गर्न कडा कानुन निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । महिला विकास कार्यालय र विश्वास नेपाल नामक सामाजिक संस्थाले संयुक्तरुपमा बुधबार आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागीले कानुनको अभावमा विभिन्न डान्स रेस्टुराँ तथा डान्स बारलगायत क्षेत्रमा आर्थिक प्रलोभन दिएर महिलामाथि यौन उत्पीडन हुने गरेको विचार व्यक्त गर्नुभएको छ ।
काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी ललित अधिकारीले त्यस क्षेत्रमा महिलामाथि हुने हिंसा तथा कामदारमाथि हुने शोषणको अन्त्यका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । महिला विकास कार्यालयका प्रमुख अधिकृत अनिता अधिकारीले दण्डहीनताका कारण सो क्षेत्रमा बालबालिका तथा महिला वर्गको अत्यधिक प्रयोग गरिने बताउँदै त्यसको नियमित नियमन तथा अनुगमन गरी त्यहाँ भएका विकृतिलाई अन्त्य गरी मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो ।
विश्वास नेपालका अध्यक्ष तारा भण्डारीले मनोरञ्जन क्षेत्रमा कार्य गर्दा पीडित भएका महिलालाई विभिन्न सहयोग आफ्नो संस्थाले उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो । सञ्चारकर्मी रुपा शर्माले काठमाडौँमा कति डान्स रेस्टुराँ तथा डान्स बार छन् ? कति कामदार छन् ? भनेर अनुसन्धान गर्दा विभिन्न धम्की आउने गरेकाले चुनौती रहेको औँल्याउनुभयो ।
विभिन्न दल निकट ट्रेड युनियन सङ्गठन, केन्द्रीय बाल कल्याण समिति तथा सुरक्षा निकायका प्रतिनिधिलगायतले रेस्टुराँ क्षेत्र शोषण र दुव्र्यवहारमुक्त गरी मर्यादित पेसाका रुपमा स्थापित गर्नुपर्ने सुझाव दिनुभयो ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...