सर्वोच्चद्धारा न्यायाधीश तथा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध
काठमाडौं, २५ जेठ । सर्वोच्च अदालतले आफ्ना कर्मचारीमाथि सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । अदालतले दश बुँदे परिपत्र जारी गर्दै न्यायाधीश, कर्मचारी तथा अदालतमा कार्यरत अन्य जनशक्तिलाई कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा प्रतिवन्ध लगाएको हो ।
न्यायपालिका र न्यायिक काम कारबाहीप्रति असर पर्नेगरी कुनै पनि टिका–टिप्पणी नगर्न निर्देशन दिएको छ। निर्देशन विपरीत काम गरे कारबाहीको अधिकार सम्वन्धित कार्यालयको प्रमुखलाई दिइएको छ। निर्देशन सबै तहका अदालत र न्यायाधीकरणमा लागू सर्वोच्चले जनाएको छ ।
अदालतको जेठ १९ गतेको निर्णय बमोजिम सामाजिक सञ्जाल प्रयोग निर्देशिका जारी गरिएको हो। न्यायाधीश आचारसंहिता, निजामति सेवा ऐन, निजामति सेवा नियमावली, राष्ट्रसंघको मिलान घोषणापत्रमा उल्लेखित न्यायाधीश र कर्मचारीले पालना गर्नुपर्ने पदीय र पेशागत मर्यादा अनुसार आचारसंहिता जारी गरिएको सर्वोच्च अदालतले जनाएको छ ।
अदालतले पदीय दायित्वका काम कारबाहीमा गुनासा भए सामाजिक सञ्जालभन्दा सम्वन्धित निकायमा जानकारी गराउन कर्मचारीलाई निर्देशन समेत दिएको छ। न्यायपालिका र न्यायिक कारबाहीमा असर पर्नेगरी टिकाटिप्पणी नगर्न पनि निर्देशन दिइएको छ। अदालतले पदीय हैसियत तथा कार्यरत निकायको नामबाट प्रचलनमा ल्याइएका सामाजिक सञ्जालका अकाउण्ट बन्द गर्न र थप नखोल्न निर्देशन दिएको छ।
कार्यालय समयबाहिर न्यायाधीश र कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गर्दा पदीय मर्यादा ख्याल गर्न निर्देशन दिइएको छ। न्यायपालिका र न्यायाधीशको काम कारवाहीमा आँच आउने भ्रम सिर्जना गर्ने र राजनीतिक उदेश्य प्राप्तिका प्रचार सामाग्री शेयर नगर्न पनि निर्देशन दिएको छ। कार्यालय समयमा कर्मचारी र सुरक्षाकर्मीले समेत मोवाइल तथा कम्प्युटरमार्फत सामाजिक सञ्जाल प्रयोग नगर्न पनि निर्देशन दिएको छ। तोकिएको आचारण पालना नगरेमा कारबाहीको अधिकार सम्वन्धित कार्यालय प्रमुखलाई दिइएको छ।
Comments
अरु समाचार
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...
-
जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा
काठमाडौं । जुम्लाका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी...
-
पर्व नजिकिएसँगै पाथीभरा मन्दिरमा तीर्थयात्रीको चाप
काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा (मुकुमलुङ)मा पछिल्ला दुई महिनामा रु १८ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । पाथीभरा...