ताजा समाचार

कालीगण्डकीमा हाम फालेर वेपत्ता भएका पुनको खोजी माग गर्दै आजपनि बागलुङ बन्द

बागलुङ, २६ जेठ । प्रहरी नियन्त्रणमा रहेका बागलुङका एक युवा बेपत्ता भएको भन्दै उनका आफन्तले आज पनि बागलुङ बन्द गराएका छन् । बागलुङ काठेखोला गाउँपालिकाका सुनिल पुन प्रहरीले पक्राउ गर्ने क्रममा कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन् । मंगलबार मालढुङगा प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्ने उनी फरार भएर नदीमा हाम फालेका थिए ।

नदीमा हाम फालेर बेपत्ता भएका पुनको खोजी कार्यमा ढिलाई गरिएको भन्दै आफन्त तथा स्थानीयले बिहीबार बागलुङ बन्द गराएका थिए । बजारका सबै पसलहरु बन्दछन् । फाटफुट मोटरसाईकल र केहि विद्यालयका बाहन बाहेका अन्य सवारीसाधन चलेका छैनन् । बागलुङ सदरमुकाम देखी लामो दूरीमा चल्ने साना ठुला सवारी साधनहरु सन्चालनमा आएका छैनन् । जनजीवन प्रभावित बनेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org