ताजा समाचार

यो वर्ष रेमिट्यान्स ५.२ प्रतिशतले बढ्यो, ५ खर्ब ६६ अर्ब ९७ करोड रेमिट्यान्स भित्रियो

काठमाडौं, २६ जेठ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म विदेशबाट आउने रेमिट्यान्स रकम ५ दशमलव २ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको यहि अवधीमा १० दशमलव २ प्रतिशतले बढेको रेमिट्यान्स आय यस पटक भने केही कम भएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थिती अनुसार यो अवधिमा विदेशवाट ५ खर्ब ६६ अर्ब ९७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो वैद्यानिक बाटोबाट आएको मात्र हो । विदेशमा रोजगारीका क्रममा रहेका रहेका नेपालीले हुण्डीमार्फत पनि अर्बौ रकम स्वदेश पठाउने गरेका छन् । हुण्डीबाट पठाएको रकमलाई अवैद्य मानिन्छ ।

अहिले दक्षिण कोरिया लगायतका मुलुकबाट नेपाली कामदारले हुण्डी मार्फत समेत रहकम पठाउने गरेका छन् । कतिपय अवस्थामा रेमिट्यान्स कम्पनीको उपलव्धता नभएकाले पनि हुण्डीको प्रयोग बढिरहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org