फोहोर भयो भन्दै प्रधानमन्त्री देउवा अझै बालुवाटार सरेनन्, रंग लगाउने कार्य जारी
काठमाडौं, २८ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा अबको एक सातापछि मात्रै सरकारी निवास बालुवाटार सर्ने भएका छन् । बालुवाटारमा अहिले नयाँ रंग लगाउने काम भइरहेकोले देउवा एक सातापछि मात्रै सर्ने भएका हुन् । प्रधानमन्त्री कहिले बालुवाटार सर्नुहुन्छ भन्ने प्रश्नमा देउवानिकट स्रोतले ‘सरसफाइ गर्नुपर्यो, भर्खर त रंग लगाउन सुरु गर्दैछन्, अझै एक साता लाग्न सक्छ ।’
देउवाको सपथ ग्रहणकै दिन निवर्तमान प्रधानमन्त्री प्रचण्डले बालुवाटार छाडिसकेका छन् । तर, सरसफाइ गरेरमात्रै नयाँ प्रधानमन्त्री देउवाको बालुवाटार बसाइँ प्रारम्भ हुने जनाईएको छ ।
हाल बूढानीलकण्ठमा बस्दै आएका प्रधानमन्त्री देउवा बालुवाटार नसर्दासम्म उनलाई भेट्न जाने कर्मचारी र पार्टीका नेताहरुको लामो यात्रा गर्नुपरेको छ । बूढानीलकण्ठस्थित देउवा निवास रिङरोड भन्दा बाहिर भएकाले आवत जावतमा अलि अपायकमा पर्छ । करिब १२ वर्षपछि बालुवाटारमा सर्न लागेका प्रधानमन्त्री देउवा यसअघि ३ पटक प्रधानमन्त्री हुँदा बालुवाटारमा बसिसकेका छन् ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...