ताजा समाचार

फोहोर भयो भन्दै प्रधानमन्त्री देउवा अझै बालुवाटार सरेनन्, रंग लगाउने कार्य जारी

काठमाडौं, २८ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा अबको एक सातापछि मात्रै सरकारी निवास बालुवाटार सर्ने भएका छन् । बालुवाटारमा अहिले नयाँ रंग लगाउने काम भइरहेकोले देउवा एक सातापछि मात्रै सर्ने भएका हुन् । प्रधानमन्त्री कहिले बालुवाटार सर्नुहुन्छ भन्ने प्रश्नमा देउवानिकट स्रोतले ‘सरसफाइ गर्नुपर्‍यो, भर्खर त रंग लगाउन सुरु गर्दैछन्, अझै एक साता लाग्न सक्छ ।’

देउवाको सपथ ग्रहणकै दिन निवर्तमान प्रधानमन्त्री प्रचण्डले बालुवाटार छाडिसकेका छन् । तर, सरसफाइ गरेरमात्रै नयाँ प्रधानमन्त्री देउवाको बालुवाटार बसाइँ प्रारम्भ हुने जनाईएको छ ।

हाल बूढानीलकण्ठमा बस्दै आएका प्रधानमन्त्री देउवा बालुवाटार नसर्दासम्म उनलाई भेट्न जाने कर्मचारी र पार्टीका नेताहरुको लामो यात्रा गर्नुपरेको छ । बूढानीलकण्ठस्थित देउवा निवास रिङरोड भन्दा बाहिर भएकाले आवत जावतमा अलि अपायकमा पर्छ । करिब १२ वर्षपछि बालुवाटारमा सर्न लागेका प्रधानमन्त्री देउवा यसअघि ३ पटक प्रधानमन्त्री हुँदा बालुवाटारमा बसिसकेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org