ताजा समाचार

कोरिया भाषा परीक्षा आज पनि, हिजो छुटेकालाई समेत परीक्षा दिने व्यवस्था मिलाईने

काठमाडौं, २८ जेठ । रोजगार अनुमती प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया जानका लागि लिइने भाषा परीक्षा अन्तर्गत आज पनि परीक्षा हुँदैछ । इपिएस अन्तर्गत दक्षिण कोरिया जानका लागि फारम भरेका युवाले शनिबार र आइतबार गरी भाषा परीक्षा दिँदैछन् ।

यो वर्ष दक्षिण कोरियाले नेपालबाट उत्पादन र कृषि क्षेत्रमा गरी १० हजार दुई सय युवालाई लैजाने छ । त्यसका लागि ७५ हजार पाँच सय ८० परीक्षार्थी भाषा परीक्षामा सहभागी हुने वैदेशिक रोजगार विभाग अन्तर्गत इपिएस कोरिया शाखाले जानकारी दिएको छ ।

पहिलो दिन शनिबार ३७ हजार बढी भाषा परीक्षामा सहभागी भएका छन् । आइतबार बाँकी परीक्षार्थी सहभागी हुँदैछन् । भाषा परीक्षाका लागि काठमाडौं र ललितपुरमा २६ वटा केन्द्र तोकिएको छ । पहिलो दिन शनिबार गलत सूचनाका कारण चार सय भन्दा बढी परीक्षार्थी भाषा परीक्षामा सहभागी हुन पाएनन् ।

वैदेशिक रोजगार विभाग, इपिएस शाखाका अधिकृत शोभाकर भण्डारीले मानवसंशाधन कोरियासँगको सहमतिमा छुटेका परीक्षार्थीलाई यथाशक्य छिटो परीक्षा दिने व्यवस्था मिलाउन आवश्यक पहल भइरहेको जानकारी दिए । इपिएस पद्धतीमा कोरियाले नेपालसहित १६ देशबाट कामदार लैजाने गरेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org