ताजा समाचार

ट्रकलाई बसले पछाडिबाट ठक्कर दिँदा १० यात्रु घाइते, चारजनाको अवस्था गम्भीर

नवलपरासी, २८ जेठ । नवलपरासीमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाईते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी मध्यविन्दु–८ अरुणखोला र चोरमारा जङ्गलमा आज बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका हुन् । जसमध्ये चारको अवस्था गम्भीर छ ।

काठमाडौंबाट कपिलवस्तु हिँडेको लु १ ख ७०४६ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको ना ६ प १०९५ नम्बरको ट्रकलाई पछाडिबाट ठक्कर दिँदा सो दुर्घटना भएको थियो ।

घाइते हुनेहरुमा रुपन्देही, कपिलवस्तु, बागलुङ र अर्घाखाँची घर भएका यात्रु रहेका छन् । घाइतेहरुलाई उपचारका लागि सामुदायिक अस्पताल, डन्डा पठाइएको प्रहरीले जनाएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org