ताजा समाचार

घाँस काट्न हिडेकी बुहारी होटलमा सेक्स गरिरहेको अवस्थामा रंगेहात पक्राउ

मोरङ, २८ जेठ । घाँस काट्न हिडेकी बुहारीलाई प्रहरीले होटलमा यौनक्रियामा लिप्त रहेका अवस्थामा पक्राउ गरेको छ । मोरङ पथरी शनिश्चरे निवासी हरिराम शर्मा (परिवर्तित नाम) की बुहारी होटलमा यौनिक्रियामा लिप्त रहेका अवस्थामा प्रहरीले रंगे हात पक्राउ गरेको हो ।

हरिरामलाई आफ्नो बुहारी घाँस काट्न गएकी छिन्, भन्ने सम्म थाहा थियो । तर प्रहरी चौकीबाट एकाएक तपाईकी बुहारीलाई पक्राउ गरेर ल्याएका छौ भन्दा उनलाई छाँगाबाट खसेजस्तो भयो । उनी हतार हतारमा प्रहरी कार्यलयमा गएर बुझ्दा त बुहारी घाँस काट्न नभई अर्कैसँग रंगलिला गर्न गएकी रहेछिन् ।

खाना खाएर दिउसो घाँस काट्न गएकी बुहारी होटलमा समातिएको खबर पाएपछि घरमा सबै छक्क परे । पक्राउ परेकी महिलाका श्रीमान बैदेशिक रोजगारको सिलसिलामा २ बर्षदेखि कतार रहेका छन् । आफ्नो बुहारी सबैभन्दा लक्षिन रहेको बताउने धनिराम आजभोली समाजमा शिर ठाँडो पारेर हिड्न सक्दैनन् । बुहारी पक्राउ पर्नुभन्दा निकै गुनगान गाउँदै हिड्ने उनको परिवार अहिले समाजमा टाउँको निहुराएर हिड्नु परिरहेको छ ।

मोरङ पथरी शनिश्चरेमा आजभोलि यस्ता घटना सामान्य बन्न थालेका छन । श्रीमान बिदेशमा रहेका महिला तथा युवतीहरू आजभोलि पथरी बजारका होटलहरूमा रंगेहात समातिन थालेका छन । इलाका प्रहरी कार्यालय पथरीले आफ्नो क्षेत्रमा हुने बेश्याबृत्ति रोक्न बिशेष अभियान सुरू गरेलगत्तै यस्ता घटना सार्वजनिक हुन थालेका हुन।

प्रहरीले बेला बेलामा पथरीबजारका होटलहरूमा छापा मार्ने गरेको छ । जतिबेला छापा मारिन्छ, त्यति नै बेला यौनजन्य क्रियाकलापमा संलग्न जोडी पक्राउ पर्ने गरेका छन् । पक्राउ परेका महिलाहरूमध्ये अधिकांशको श्रीमान बैदेशिक रोजगारको सिलसिलामा बिदेश रहने गरेको प्रहरीले बताउँछ । पक्राउ परेका मध्ये केही कसैको बुहारी र कसैको श्रीमती रहेको प्रहरीले बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org