ताजा समाचार

विषालु साग खाँदा बागलुङमा एकजनाको मृत्यु, पाँचजना बिरामी

बागलुङ, २८ जेठ । बागलुङमा विषालु साग खाँदा एक जनाको ज्यान गएको छ । शनिवार वनबाट ल्याएको साग खाँदा गलकोट नगरपालिका–१० पाण्डवखानीका ४० वर्षीय दुर्गाबहादुर काउचाको ज्यान गएको हो । शनिवार बेलुकाको खानासँगै साग खाएका काउचालाई रिंगटा लाग्ने, वान्ता हुने लक्षण देखिएपछि गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो ।

उनको उपचारकै क्रममा आइतबार बिहान ज्यान गएको प्रहरीले जनाएको छ । विषालु साग खाएका अरु पाँचजना बिरामी परेका छन् । ६० वर्षका जितबहादुर काउचा, ३९ वर्षका जङ्गबहादुर काउचा, ५७ वर्षकी मनकुमारी काउचा, १८ वर्षकी हिरा काउचा, ३७ वर्षकी सोनिया काउचा बिरामी परेका हुन् ।

जितबहादुर र जङ्गबहादुरको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भइरहेको छ भने अरुको गलकोट प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि धौलागिरी अस्पताल लगिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org