ताजा समाचार

राजधानीमै प्रहरी कार्यालयको शौचालयमा ब्लेडले घाँटी रेटेर आत्महत्याको प्रयास

काठमाडौं, २८ जेठ । राजधानीकै प्रहरी कार्यालयको शौचालयमा आत्महत्याको प्रयास भएको छ । नागढुंगास्थित महानगरीय प्रहरी प्रभागको शौचालयमा एक व्यक्तिले आत्महत्याको प्रयास गरेका हुन् । चोभार स्थायी घर भएका २९ वर्षीय कुमार कार्कीले आत्महत्याको प्रयास गरेका हुन् ।

कार्कीले शनिवार दिउँसो शौचालय भित्र चुकुल लगाएर ब्लेडले घाँटी रेटेर आत्महत्या प्रयास गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) प्रधुम्न कार्कीले जानकारी दिए । शनिवार मध्यान्ह पुर्वतिर यात्रा गरेर आएका कार्किले प्रहरी प्रभाग अघिल्तिर बसेर केहीबेर धुम्रपान गरेको र त्यसपछी शौचालय छिरेको बताईएको छ ।

लामो समय शौचालयबाट ननिस्केपपछि प्रहरीले चुकुल फोडेर हेर्दा कार्की लडिरहेको र घाँटीबाट रगत बगेको देखेपछि प्रहरीले नै उनलाई अस्पताल लगेका थिए । हाल उनको ट्रमा सेन्टरमा उपचार भईरहेको छ । मानसिक रुपमा अस्वस्थ रहेका कार्कीले प्रेम–वियोगका कारण आत्महत्या प्रयास गरेको हुनसक्ने बताईएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org