ताजा समाचार

सामान्य विवादमा आफ्नै बारीमा घाँस काट्न आएका व्यक्तिको ढुंगा प्रहार गरी हत्या

स्याङ्जा, २९ जेठ । सामान्य विषयमा विवाद हुँदा स्याङ्जामा एक पुरुषको हत्या गरिएको छ । पुतलीबजार नगरपालिका–७ ठूलाडिहीका स्थानीय ५० वर्षीय रघुनाथ रेग्मीको ढुंगाले हानेर हत्या गरिएको हो ।

स्थानीय ६० वर्षीय हरिप्रसाद रेग्मीले आफ्नै बारीमा घाँस काट्न गएका रेग्मीमाथि ढुंगा प्रहार गरेका थिए । ढुंगा प्रहारबाट रेग्मीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर पुलामीले जानकारी दिए । प्रहरीले हरिप्रसादलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org