ताजा समाचार

रोल्पामा एक वृद्धद्वारा खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या

रोल्पा, २९ जेठ । रोल्पामा खुकरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरिएको छ । सुवर्णावती गाउँपालिका–१ घोडागाउँका ७४ वर्षका गणेश शाहले आफ्नै श्रीमती ६५ वर्षीया लक्ष्मी शाहको हत्या गरेका हुन् । शाहले आइतबार राति खुकुरी प्रहार गरी हत्या गरेको प्रहरी चौकी खुङ्ग्रीले जनाएको छ ।

खुकुरी प्रहारबाट गम्भीर घाइते वृद्धाको उपचारका क्रममा सोमबार बिहान भैरहवामा ज्यान गएको हो । गणेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्याको कारण भने खुल्न सकेको छैन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org