ताजा समाचार

जंगली च्याउ खाँदा पाल्पामा एक ४ वर्षीय बालकको मृत्यु, २ जना गम्भिर विरामी

पाल्पा, २९ जेठ । जंगली च्याउ खाँदा पाल्पामा एक बालकको ज्यान गएको छ । दुईजना गम्भीर बिरामी परेका छन् । गएको शुक्रबार जंगलबाट ल्याएको च्याउ खाँदा बिरामी परेका निस्दी गाउँपालिका–४ मित्यालका चारवर्षका उमेश गाहाको आइतबार बेलुका लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा ज्यान गएको हो ।

च्याउ खाएर बिरामी भएका उमेशकी हजुरआमा ४५ वर्षिया रिखिसरा गाहा र ठूलीआमा २२ वर्षिया यानमायाको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भइरहेको छ । बिरामी यानमायाको अवस्था गम्भीर रहेको अस्पतालकी डा. रिश्ना मल्लले जानकारी दिईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org