ताजा समाचार

दार्जिलिङमा नेपालीको आन्दोलन नियन्त्रण बाहिर, सरकारी कार्यालयका साइनबोर्ड नेपाली भाषामा

काठमाडौं, ३० जेठ । दार्जिलिङमा नेपालीभाषीको आन्दोलन चर्किदै गएको छ । त्यहाको सरकारले बंगाली भाषालाई सरकारी कामकाजको भाषा बनाएपछि नेपाली भाषी भारतीयको सघन बसोबास रहेको दार्जिलिङसहितको गोर्खाल्याण्ड क्षेत्रमा चर्किएको आन्दोलन नियन्त्रणबाहिर जान थालेको हो । आन्दोलनकारीले सोमबारदेखि त्यहाँका सरकारी कार्यालय बन्द गराएका छन् ।

गोर्खा जनमुक्ति मोर्चाको आह्वानमा सुरु भएको आन्दोलनका कारण सरकारी र निजी कार्यालयका साइनबोर्ड पनि नेपालीमा लेख्न सुरु गरिएको मोर्चाका सहसचिव विमान तामाङले जानकारी दिए । मोर्चा अध्यक्ष विमल गुरुङले पहाडदेखि तराई डुवर्ससम्मका साइनबोर्ड नेपालीमा लेखिने बताए ।

बंगाली भाषाको बाध्यकारी अध्ययनको व्यवस्थाले करिब एक सय वर्ष पुरानो नेपाली भाषा र जातिको मुक्ति आन्दोलनमा अतिक्रमण भएको भन्दै गोर्खा जनमुक्ति मोर्चाले आन्दोलन सुरु गरेको हो । आन्दोलनलाई मथ्थर पार्न भन्दै भारत सरकारले सेना समेत परिचालन गरेको छ । तर पनि नेपाली भाषीले आन्दोलनलाई चर्काउँदै लगेका छन् । उनीहरुले बंगाली भाषालाई कामकाजको भाषा बनाउन नहुने र गोर्खाल्याण्डलाई अलग राज्य बनाउनुपर्ने माग आन्दोलन गरिरहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org