ताजा समाचार

विमानबाटै चार हजार दुधालु गाई कतार लगिँदै

काठमाडौं, ३१ जेठ । छिमेकी मुलुकले चालेको कदमले कतारको बाँकी विश्वसँगको व्यापार व्यवधान खडा गरेको छ, परिवारहरुलाई विभाजन गरेको छ अनि लामो समयदेखिको भूराजनीतिक गठबन्धनले अर्कै रुप लिने सम्भावना बढेको छ । तर, यसले एक जना कतारी व्यवसायीलाई खाडीको मरभूमिमा चार हजार दुधालु गाई हवाई जहाजमार्फत ढुवानी गरेर सम्भावित दूध आपूर्ति रोक्न उत्साहित गरेको छ ।

उनको यो कदमलाई प्रतिरोधसँगै साउदीबाट हुने ताजा दूधको आपूर्ति रोकिएपछिको शून्यता हटाउने अवसरको रुपमा हेरिएको छ । यसलाई उड्डयन इतिहासकै सबैभन्दा ठूलो जनावर ढुवानी मानिएको छ ।

औसत पाँच सय ९० किलोग्रामका चार हजार गाई कतार पुर्याउन कतार एयरवेजका ६० भन्दा बढी उडान आवश्यक पर्ने अनुमान गरिएको छ । अस्ट्रेलिया र अमेरिकामा किनिएका ती गाई पावर इन्टरनेशनल होल्डिङका चेयरमेन मौताज अल खायातले कतार लैजान लागेको अन्तर्राष्टिय समाचार संस्थाहरुले बताएको नागरिक दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org