ताजा समाचार

सहकारी संस्थाको डेढ करोड ठगेर भागे भारतीय ब्यापारी

लमजुङ, ३१ जेठ । लमजुङ सदरमुकाम बेंसीहरमा किराना तथा खुद्रा ब्यापार गर्दै आएका चार भारती ब्यापारी सहकारी संस्थाको झन्डै डेढ करोड रकम ठगी गरेर फारर भएका छन् । लामो समयदेखि ब्यापार गर्दै आएका उनीहरु सहकारीबाट लिएको ऋण नतिरी सम्पर्कविहिन् भएका हुन् ।

भारतको रक्सौल घर भई बेंसीसहरका विभिन्न चोकमा ब्यापार गर्दै आएका राजेशकुमार साह, बालकृष्ण बानियँ, नविन बानियाँ र सतीष बानियाँ डेढ करोड रुपैयाँभन्दा बढी रकम ठगेर फारार भएको सहकारी सञ्चालकले जनाएका छन, यो खबर आजको कारोवारमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org