ताजा समाचार

यो वर्षको मनसुन सुरु, तीन दिनभित्र मुलुकभर सक्रिय हुने

काठमाडौं, ३१ जेठ । यो वर्षको मनसुरु सुरु भएको छ । नेपालमा गत वर्षभन्दा तीन दिनअगाडि मनसुन सुरु भएको हो । गत वर्ष १५ जुनमा नेपालमा प्रवेश गरेको मनसुन यस वर्ष भने १२ जुनमा नै नेपालको पूर्वी भागबाट प्रवेश गरेको जल तथा मौस पूर्वानुमान महाशाखाले जनाएको छ ।

‘गत वर्ष पाँच दिन ढिलो गरी १ असार अर्थात १५ जुनमा नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरेको थियो,’ महाशाखाका मौसमविद समीर श्रेष्ठले भने, ‘यस वर्ष सामान्य अर्थात १० जुनअघि नै मनसुन प्रवेश गर्ने पूर्वानुमान भए पनि बंगालको खाडीमा मनसुनी वायु रुमलिँदा दुई दिनपछि सर्दै नेपालमा मनसुन प्रवेश गरेको छ ।’

नेपालमा विशेष गरी बंगालको खाडीबाट आउने मनसुनी हावाले वर्षा गराउने बताउँदै उनले बंगालको खाडीबाट गत साता उत्तरतर्फ सरेको मनसुन सोमबार राति नेपालमा प्रवेश गरेको बताए । उनका अनुसार अबको तीन दिनमा मुलुकभर मनसुन सक्रिय हुनेछ । आजको राजधानी दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org