ताजा समाचार

रेमिट्याँस कम्पनी आईएमईले १७ औँ वार्षिकोत्सव मनायो

काठमाडौं, ३१ जेठ । रेमिट्यान्स कम्पनी आईएमईले आफ्नो १७ औं स्थापना दिवस मनाएको छ । स्थापनाको १७ औँ वार्षिकोत्सव “१७ औँ वार्षिकोत्सव नयाँ प्रविधिको” भन्ने मूल नाराका साथ मनाएको हो । नेपालको प्रमुख रेमिट्यान्स कम्पनीको रुपमा स्थापित भएको आईएमईले मंगलबार विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो ।

वार्षिकोत्सवमा कम्पनीको सत्र वर्षे यात्रामा निरन्तर सेवा लिएका सेवाग्राहीहमध्ये विदेशबाट पैसा पठाउने १७ र नेपालमा प्राप्तगर्ने १७ गरी ३४ जना सेवाग्राहीलाई लक्कीड्र मार्फत विजेता घोषणा गरिएको थियो ।

आईएमईले नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी अहिले १५५ आईएमई सेन्टरसहित ७५ जिल्लाका ६,१०० सयभन्दा बढी सब–एजेन्ट र बैंक तथा वित्तिय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले कमाएको रकम आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट पुर्‍याउँदै आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org