ताजा समाचार

ज्योतिषले देउवाको कुण्डलीमा दोष रहेको भन्दै बुढानिलकण्ठमै रोके

काठमाडौं, १ असार । ज्योतिषविद्यामा विश्वास गरेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित भएको साताभन्दा बढी भईसक्दा पनि बुढानिलकण्ठस्थित नीजि निवास छाडेर बालुवाटारस्थित सरकारी निवामा सर्न सकेका छैनन् । जेठ २३ मा प्रधानमन्त्री निर्वाचित भएका दुेउवा असार १ गते हुँदा समेत बालुवाटार सर्न सकेका छैनन् ।

देउवाको कुण्डलीअनुसार असार ३ गतेसम्म राहु अष्टम पदमा छ । ज्योतिषीले यस्तो बेला नयाँ काम गर्दा विघ्नबाधा आउने सुझाएपछि उनी बुढानिलकण्ठमै अड्किएका हुन्, । आजको नागरिक दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org