ताजा समाचार

भाइरल ज्वरोका कारण डोल्पामा तीनजनाको मृत्यु

डोल्पा, १ असार । डोल्पामा भाइरल ज्वरोको प्रकोपले तीनजनाले ज्यान गुमाएका छन् । तल्लो डोल्पाको मुड्केचुला गाउँपालिकाको सुर र नर्कु गाउँमा फैलिएको भाइरल ज्वरोले तीनजनाको ज्यान गएको हो भने त्यस्तै अरु धेरैमा टाउको दुख्ने, ज्वरो आउने, रुघाखोकी लाग्नेलगायतका समस्याले देखिएको छ ।

भाइरल ज्वरोकै कारण मुड्केचुला–६ सुरकी ७ वर्षीया पूजा शाही, ६० वर्षीय लालबहादुर बुढा र ६९ वर्षीया लक्ष्मी बुढाको ज्यान गएको हो ।
तल्लो डोल्पाको विभिन्न गाउँमा महामारीको रुपमा फैलिएको भाइरल ज्वरोको नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालयबाट स्वास्थ्यकर्मीसहित औषधि पठाइसकेको र वितरण सुरु भइकेको जिल्ला स्वास्थ्य कार्यालय डोल्पाका प्रमुख डा. श्रीकान्त अग्रवालले जानकारी दिए । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org