ताजा समाचार

काठमाडौं महानगरमा २० वर्षपछि नेपाल भाषा, लिपि भने देवनागरी नै

काठमाडौं, १ असार । काठमाडौं महानगरपालिकाले सरकारी कामकाजको भाषाका रुपमा नेपाल भाषा प्रयोग गर्न थालेको छ ।महानगरपालिकाको नवनिर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले नै नेपाल भाषालाई मान्यता दिने निर्णय गरेपछि हाल नेपाल भाषा प्रयोग गर्न थालिएको हो ।

महानगरपालिकाको वडा १८ र २३ मा नेपाल भाषामा सरकारी कामकाज गर्न थालिएको छ । वडा १८ का नवनिर्वाचित अध्यक्ष न्हुँछेकाजी महर्जनले नेपाली भाषामा मात्रै लेखिने निवदेन अब नेपाल भाषाबाट पनि दिन सकिने बताए ।

उनले सरकारी कार्यालयमा मातृभाषा प्रयोगका पक्षमा हुँदै आएको आन्दोलन सम्बोधन गर्न नेपाल भाषा प्रयोग गर्न थालिएको बताए । तर, हाल प्रयोगमा ल्याइएको नेपाल भाषाको लिपि भने देवनागरी नै रहेको छ । आजको राजधानी दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org