ताजा समाचार

दैलेख बस दुर्घटनामा मृत्यु भएका सबै ११ जनाको सनाखत

दैलेख, १ असार । दैलेखमा बुधबार बस दुर्घटनामा परी ज्यान गुमाउने सबैजनाको सनाखत भएको छ । आठवीस नगरपालिका–४ खिड्कीजिउलाको नैनेलस्थानमा बस दुर्घटना हुँदा ज्यान गुमाएका सबै ११ जनाको सनाखत भएको हो । कालिकोटबाट महेन्द्रनगरका लागि छुटेको ना ४ ख २९९८ बस दुर्घटना भएको थियो ।

दुर्घटनामा हामफालेर ज्यान जोगाएका चालक प्रेम सुनार र सहचालक प्रेमबहादुर सिंह दुर्घटना लगतै दौडेर राकम प्रहरी चौकीमा पुगेका थिए । चालकले अघिल्लो टायर चिप्लियर नियन्त्रण गुमाएपछि दुर्घटना भएको बताएका छन् । दुर्घटनामा घाइतेमध्ये दुईजनालाई हेलिकप्टर र अरु ९ जनालाई एम्बुलेन्सबाट सुर्खेत र नेपालगञ्ज लगिएको छ । अन्य सातजना घाइतेको ७ राकममै उपचार भइरहेको प्रहरी प्रमुख डिएसपी केदार रजौरेले जानकारी दिए ।

दुर्घटनामा परी ज्यान गुमाउनेमा अछामको विनायक नगरपालिकाका सिंहा नेपाली, रुपा नेपाली, अछाम भैरवस्थानका धिरेन्द्र विसी, राजकोट नगरपालिका–६, कालिकोटका युवराज शाही, शान्नित्रिवेणी गाउँपालिका कालिकोटका सुनिल शाही, रासकोट नगरपालिका ५ कालिकोटका धर्मराज शाही, प्रकाश शाही, कविता शाही रहेका छन् ।  त्यस्तै रासकोट नगरपालिका–६ कालिकोटका मेनका फर्साल, शान्नित्रिवेणी ६ कालिकोटका होइजाली सुनार र बाजुराका मंगल कसेराको सनाखत भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org