ताजा समाचार

धादिङमा गाडीको ठक्करबाट एक पैदल यात्रुको मृत्यु

धादिङ, १ असार । धादिङमा गाडीको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ । गल्छी गाउँपालिकामा पर्ने गल्छीमा बा ४ ख ३७१९ नम्बरको गाडीको ठक्करबाट गल्छी गाउँपालिका वडा नम्बर ८ का ६० वर्षीय बीरबहादुर वाग्लेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

बाटोमा हिँडिरहेका वाल्लेलाई गाडीले ठक्कर दिएको थियो । टाउकोमा गम्भीर चोट लागेका वाग्लेलाई उपचारका लागि गल्छी अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org