ताजा समाचार

एकाबिहानै बसको ठक्करबाट काठमाडौंमा मन्दिर गएर फर्कदै गरेकी बृद्धाको मृत्यु

काठमाडौं, १ असार । काठमाडौंको गुर्जुधारा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । आज बिहान मन्दिर गएर घर फर्कदै गर्दा टेलिकम अगाडि काठमाडौंबाट भैरहवाको लागि छुटेको बस लु १ ख ६४६६ नम्बरको बसले ठक्कर दिँदा काठमाडौंको चन्द्रागीरी नगरपालिकाकी अन्दाजी ७२ वर्षकी तुलसी कुमारी श्रेष्ठको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनापछि स्थानीयबासिन्दाले अवरोध गर्दा काठमाडौंबाट बाहिरिने तथा भित्रने गाडी जाममा परेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org