दार्जिलिङको आमहड्तालले पूर्वी नेपालका सीमावर्ती बजार ठप्प
इलाम, १ असार । भारतको दार्जिलिङमा आमहड्ताल भएपछि इलामको पूर्वी सीमावर्ती बजार ठप्प भएका छन् । दार्जिलिङमा चलिरहेको भाषा आन्दोलनका कारण पूर्वी सीमावर्ती एक दर्जन बजारमा कारोबार ठप्प भएको हो । गोर्खा जनमुक्ति मोर्चाको अगुवाइमा एक सातादेखि भएको आमहड्तालले सीमा क्षेत्रका नेपाली बजार र पर्यटकीय क्षेत्र सुनसान भएका छन् । आमहड्तालका कारण सीमा क्षेत्रको पशुपतिनगर, मानेभञ्ज्याङ लगायतका व्यापारिक केन्द्र ठप्प भएका हुन् ।
भारतीय पर्यटक र उपभोक्ताको भीड लाग्ने गरेको सीमावर्ती बजारमा हडतालका कारण पूर्णरूपमा प्रभाव परेको छ । भारतीय हड्तालका कारण पशुपतिनगरको भन्सार कार्यालयमा राजस्व सङ्कलन ठप्प भएको भन्सार प्रमुख प्रकाश पोखरेलले बताए ।
भारतीय सवारीसाधन नेपालतर्फ गुड्नका लागि दैनिक २५ वटा सवारीसाधनले अस्थायी पैठारीका लागि राजस्व काट्ने गरेपनि आमहड्ताल भएपछि ठप्प भएको छ । हड्तालयता दैनिक १५० भन्दा बढी भारतीय सवारीसाधनमार्फत पशुपतिनगर व्यपारिक केन्द्रमा आउने पर्यटक र उपभोक्ता बजार आएका छैनन् ।
पशुपतिनगरमा दैनिक भारु २० लाखको कारोबार हुने गरेपनि अहिले रु २० हजारको पनि कारोबार नभएको व्यापारी बताउँछन् । दार्जिलिङ क्षेत्रको बन्दले सीमा क्षेत्रका नेपाली किसान पनि मारमा परेका छन् ।
सीमा क्षेत्रमा उत्पादन भएको तरकारी भारतीय बजार दार्जिलिङमा जाने गरेपनि अहिले बन्द भएपछि तरकारी बिक्री गर्न किसानलाई समस्या भएको हो । नेपालको तरकारी दैनिकरूपमा भारततर्फ निकासी हुने गरेपनि एक सातादेखि निकासी ठप्प हुँदा किसान समस्यामा परेको भन्सार प्रमुख पोखरेल बताउँछन् ।
सीमा क्षेत्रका बासिन्दाले भारतीय बजारमा तरकारी निर्यात गरी दैनिक उपभोग्य सामग्री ल्याउने गरेका थिए । सीमा क्षेत्रका श्रीअन्तु, समालबुङ, पशुपतिनगर, जमुना, जोगमाई क्षेत्रका किसान बढी मारमा परेका छन् ।
Comments
अरु समाचार
-
पर्यटनका क्षेत्रका लागि जनशक्ति उत्पादन गर्दै पर्यटन बोर्ड
काठमाडौँ, ७ असोजः पर्यटन क्षेत्रका लागि जनशक्ति उत्पादन गर्ने र उनीहरुलाई यस क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले क्षमता...
-
घुन्सामा हेलिकप्टर दुर्घटनाको १८ वर्ष : वातावरण संरक्षणका कार्यक्रम गरी स्मरण
फुङ्लिङ : ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकास्थित घुन्सामा हेलिकप्टर दुर्घटना भएको १८ वर्ष पूरा भएको छ । जहाँ मुलुकका विभिन्न क्षेत्रका २४ विशिष्ट...
-
नेप्से परिसूचक उच्च अङ्कले गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५९ दशमलव ०२ अङ्कले...
-
बाँकेमा पिर्काले हानेर आफ्नै बुवाको हत्या
काठमाडौं। बाँकेको कोहलपुरमा पिर्काले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन्। कोहलपुर नगरपालिका ८ पिपरीका ७० वर्षका नैन सिंह क्षेत्रीलाई...
-
अत्यधिक गर्मी बढेपछि महोत्तरीका विद्यालय बन्द
काठमाडौं । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर...
-
संसदीय समितिको टोलीद्वारा नेपाल ट्रष्टको जग्गा र शैक्षिक संस्था निरीक्षण
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापा नेतृत्वको टोलीले आज भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित नेपाल ट्रष्टको...
-
इजरायलमा रहेका नागरिकलाई सकेसम्म छिटो इजरायल छाड्न चीनको आग्रह
काठमाडौं । इजरायल र लेबनानको इरान समर्थित लडाकू समूह हेजबुल्लाह बिचको तनाव बढ्दै जाँदा चीनले इजरायलमा रहेका आफ्ना नागरिकलाई जति...
-
श्रीलङ्कामा वामपन्थी नेता दिसानायकाले राष्ट्रपतिका रूपमा सपथ ग्रहण
काठमाडौं । श्रीलङ्कामा पहिलो वामपन्थी राष्ट्रपति अनुरा कुमारा दिसानायकाले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । श्रीलङ्काको निर्वाचन...
-
प्रतितोला रु चार सयले बढ्दा सुनको मूल्यमा कीर्तिमान
काठमाडौं । सुनको मूल्यमा हरेक दिन नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज तोलामा रु...