ताजा समाचार

कानुन हातमा लिँदै राजपाको आन्दोलनमा यात्रु ओसारेको भन्दै बस चालकमाथि यस्तो हर्कत

वीरगञ्ज, २ असार । जबरजस्ती यात्रु ओसारेको भन्दै एक जना मधेसी मुलका युवकलाई नै बिहीबार राजपाका कार्यकर्ताले कान समातेर उठबस गर्न लगाएका छन् । बन्द हड्तालका बेला भाडा असुलेर यात्रु ओसारेको भन्दै बिहीबार बिहान वीरगञ्जमा आन्दोलनकारीले एक जना मोटरसाइकल चालकलाई निर्घात रुपले कुटपिट गरेका छन् ।

राजपा कार्यकर्ताले घण्टाघर चोकमा ती मोटरसाइकल चालकलाई निर्घात रुपमा कुटपिट गर्नुका साथै कान समातेर उठबस गराएका छन् ।यद्यपी ती युवकले भने आफूले अलपत्र परेको व्यक्तिको उद्धार गरेको बताएका छन् । आजको नेपाल समाचरपत्रमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org