ताजा समाचार

यातायातका ८ जना कर्मचारीविरुद्ध ६१ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं, ५ असार । संकलित राजस्व बैंक दाखिला नगरी भ्रष्टाचार गरेको आरोपमा अख्तियारले यातायात कार्यालयका ८ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले यातायात व्यवस्था कार्यालय, इटहरीका प्रमुख तीन जनासहित ८ जनाविरुद्ध ६१ करोड २१ लाख २८ हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो ।

उनीहरुमाथि सेवाग्राहीबाट संकलन गरिएको राजस्व बैंकमा नराखी फर्जी कागाजको आधारमा अनियमितता गरेको आरोप छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org