प्रहरीको हस्तक्षेप बढेपछि राजपा एकाएक नरम, आन्दोलनका कार्यक्रम संशोधन
काठमाडौं, ५ असार । निर्वाचन विरुद्ध आन्दोलनको घोषणा गरेका राजपा एक्कासी नरम बनेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई बिथोल्न विभिन्न संघर्षका कार्यक्रम सार्वजनिक गरेको राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) एक्कासि ‘नरम’ भएको हो ।
राजधानीमा उपलब्ध राजपा नेपालका शीर्ष नेता र केन्द्रीय आन्दोलन परिचालन समितिको आइतबार बेलुका बिजुलीबजारमा बसेको संयुक्त बैठकले आफ्ना आन्दोलनका कार्यक्रममा फेरबदल गर्दै ‘नरम’ नीति अख्तियार गर्ने निर्णय गरेको हो ।
तराईहरूको आन्दोलन संशोधन भएको हो भन्ने जिज्ञासामा राजपाका नेता केशव झाले भने, ‘विभिन्न कारणले आन्दोलनमा थोरै मात्र संशोधन भएको छ । बीचमा ईद पर्व परेको छ । जनतालाई धेरै सास्ती दिनु हुँदैन भनेर कार्यक्रममा सामान्य संशोधन गरेका हौँ । यसको अर्थ हामीले आन्दोलन छाडेको वा कमजोर बनाएको होइन । आन्दोलन झन् सशक्त रुपमा अगाडि बढ्छ ।’
राजपा नेपालको संशोधित कार्यक्रम अनुसार असार ५ र ६ गते उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिन जनदवाव दिने र टोल टोलमा कालो झण्डा फहराउने, ७ देखि ९ गतेसम्म निर्वाचन सम्वन्धी सबै गतिविधि र कार्यक्रमहरू अवरुद्ध गर्ने, असार १० गते प्रत्येक जिल्लाको सदरमुकाममा अन्तरक्रिया गर्ने, ११ गते माटरसाईकल र्याली र असार १२ र १३ गते ईद पर्वमा शुभकामना आदान प्रदान कार्यक्रम राखिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
यसअघि असार १२ र १३ गते तराई बन्दको आह्वान गरिएको थियो । राजपा नेपालले असार १४ गते भने मधेस र थरुहट बन्द तथा आमहडतालको कार्यक्रम यथावत राखेको जनाएको छ ।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...