ताजा समाचार

नेपाल र चीनबीच यस्तो फरकः पारि रौनक, वारि उराठ

केरुङ, ७ असार । रसुवागढीस्थित भोटेकोसी नदीको तीरमा उभिएर चीन र नेपालतर्फ एकसाथ हेर्दा दुई फरक देखिन्छन् । नेपालतर्फ प्रहरीहरु टेन्ट र जस्ताका टहरामा बसेर काम गरिरहेका छन् । एउटै ब्यवस्थित कार्यालय छैनन् । साँघुरो ग्राभेल विग्रिएर खाल्डै खाल्डायुक्त सडक ।

भुकम्पमा झरेको पहिरो चिनियाँले नै एउटा गाडी मात्र छिर्ने गरी आशिंक पन्छाईदिएका । न भन्सार काार्यालय ब्यवस्थित छ न सामान लिएर आएका ट्रक ब्यवस्थित गर्ने स्थान ।

नाका सबै पक्ष भद्रगोल देखिन्छ । चीनतर्फ भने त्यसको ठिक विपरित पक्की र ठुला र भवन तथा कार्यालय । दुई लेनको पिच सडक । ब्यवस्थित भन्सार । आधुनिक मेसिन र क्यामेरा जडित उच्च सतर्क एवं सुरक्षित नाका, यो खबर आजको कान्तिपुरमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org