ताजा समाचार

प्रहरीले कार्यकर्ता धमाधम नियन्त्रणमा दिन थालेपछि राजपा आन्दोलन शिथिल हुँदै

काठमाडौं, ८ असार । निर्वाचनविरुद्ध आन्दोलन घोषणा गरेको राजपा नेपालको आन्दोलन शिथिल हुँदै गएको छ । राजपाका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि आन्दोलन शिथिल भएको हो । प्रदेश नम्बर १ र ५ मा राजपाको आन्दोलन खुम्चिएको हो । तर राजपाका प्रवक्ता कृष्णा सिंहले भने आन्दोलनको नयाँ रणनीति बन्दै गरेको बताएका छन् । उनले भने, ‘हामी जोडतोडका साथ तयारी गर्दैछौं हाम्रो आन्दोलन तुहिएको छैन ।’

निर्वाचनको विरोधमा राजपाले तराई मधेशमा धर्ना, जुलुस, विरोधसभा, आमहड्ताल जस्ता कार्यक्रम ल्याएपनि पछिल्ला दिनहरुमा सिथिल बन्दै गएको हो । सरकारले मधेशवादी दलहरुको बाहुल्यता रहेका प्रदेश नम्बर २ को चुनाव असोज २ गते गर्ने निर्णय गरेपछि राजपाको आन्दोलनको औचित्य समेत सकिएको छ । उसले दोस्रो चरणको चुनाव हुने सवै प्रदेशमा रोकिनुपर्ने माग राखेपनि सरकारले २ नम्बर प्रदेशको मात्र चुनाव सारेको थियो ।

सरकारले उनीहरुको माग बमोजिक २ नम्बर प्रदेशको चुनावको मिति सारेपछि पनि असार १४ मा निर्वाचन हुने क्षेत्रहरुमा समेत अवरोध गर्दा सरकारले बल प्रयोग गरिरहेको छ । चुनावमा अवरोध पुराउने खोज्ने दर्जनौं राजपा नेता तथा कार्यकर्ताहरुले प्रहरीले पक्राउ गरी मुद्धा समेत चलाएको छ । जसले गर्दा राजपाको आन्दोलनलाई कमजोर बनाएको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org