रिहा भए रवि लामिछाने, काठमाडौं अदालतमा आफैँ उपस्थित हुने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कास्की प्रहरी हिरासतबाट ८४ दिनपछि धरौटीमा रिहा भएका छन् ।
बिहीबार कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो । धरौटी बुझाएलगत्तै उनी रिहा भएका हुन् ।
प्रहरी स्रोतका अनुसार काठमाडौं जिल्ला अदालतमा दायर भएको मुद्दामा लामिछाने आफैँ उपस्थित हुनेछन् । कास्कीबाहेक काठमाडौं, चितवन, रूपन्देही र पर्सामा समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणको मुद्दामा लामिछाने आफैँ काठमाडौं अदालतमा आउने भएका हुन् ।
Comments
अरु समाचार
-
बैंकको सस्तोमा लिलाम कदमविरुद्ध लहानमा आन्दोलन चर्किँदै
सिरहा । कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । उनीहरूले बिहीबार...
-
आजको राशिफल : २०८१ पुस २६ गते शुक्रवार
मेष: आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुने समय छ। मिहिनेतले...
-
पूर्वडीआईजी छविलाई रास्वपाका नेताहरूको जिम्मामा छाडियो
पोखरा । अदालतको आदेशपछि धरौटीमा रिहा भएका गोर्खा मिडियाका पूर्वसञ्चालक, पूर्वडीआईजी छविलाल जोशीलाई पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरूको जिम्मामा...
-
सहकारी ठगी मुद्दामा थुनछेक बहस सकियो, आजै आदेश आउन सक्ने
काठमाडौं । सूर्यदर्शन सहकारी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीको थुनछेक बहस सकिएको छ । अदालत...
-
आर्थिक कूटनीतिलाई प्राथमिकतामा राखेर काम गर्ने परराष्ट्र सचिवको प्रतिबद्धता
काठमाडौं । कायममुकायम परराष्ट्र सचिव अमृतबहादुर राईले २६ औँ परराष्ट्र सचिवका रूपमा बुधबार अपराह्नदेखि परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाहेका छन् ।...
-
मध्यपहाडी लोकमार्गः कास्की–बागलुङखण्डको १९३ किलोमिटर सडक कालोपत्रे
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी पुष्पलाल लाकमार्गअन्तर्गत कास्की–बागलुङखण्डको एक सय ९३ किलोमिटर सडक कालोपत्रे भएको छ । कूल दुई सय ५०...
-
बाक्लो हुस्सु र शितलहरका कारण नारायणघाट–बुटवल यात्रा सकसपूर्ण
काठमाडौं । बाक्लो हुस्सु र शितलहरका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक खण्डको यात्रा निकै सकसपूर्ण हुने गरेको छ ।...
-
एचएमपिभी साधारण रुघाखोकी गराउने भाइरस हो, आत्तिनु पर्दैनः स्वास्थ्य मन्त्रालय
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चीनमा देखिएको भनिएको ‘मानव मेटाप्न्यूमो भाइरस’ (एचएमपिभी) को साधारण भाइरस भएको जनाएको छ । मन्त्रालयले...
-
आजका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर...