दोस्रो चरणको निर्वाचन आजः असारे भरीको प्रवाह नगरी मतदाताहरु मतदान केन्द्रतर्फ हिँड्न थाले
काठमाडौं, १४ असार । आज दोस्रो चरण अन्तर्गत ३ प्रदेशमा स्थानीय तह निर्वाचन हुँदैछ । आज प्रदेश नम्बर १, ५ र ७ का मतदाताहरु बिहान ७ बजेदेखि सुरु हुने मतदानको लागि मतदानस्थलतर्फ हिँड्न थालेका छन् । कतिपयको मतदान केन्द्र घर नजिकै छ भने धेरैलाई मतदान केन्द्र पुग्न घण्टौं हिँड्नुपर्छ । त्यसैले धेरैजसो मतदाता भोट दिनको लागि बिहानै घरबाट हिँडेका हुन् ।
दिउँसो पानी पर्ने भएकाले समयमै मतदान गर्न मौसमविदले पनि सुझाव दिएका छन् । कतिपय ठाउँमा चाहिँ बिहानैदेखि पानी परिरहेको छ । दिउँसो खेती किसानीको काम गर्नुपर्ने भएकाले पनि धेरै मतदातालाई बिहानै मतदान केन्द्रमा पुगेर भोट दिन आतुर छन् । २० वर्षपछि हुन लागेको स्थानीय चुनावमा सहभागी भएर जनप्रतिनिधि चुन्ने अवसर सदुपयोग गर्न सबै मतदाता उत्सुक छन् ।
बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म लाइनमा बसेका मतदाताले मतदान गर्न पाउनेछन् । आयोगले भोट खसाल्न मतदाता परिचय पत्र बोकेर सम्बन्धित मतदान केन्द्रमा जानुपर्ने तर कुनै कारणले परिचय पत्र छुटे वा नलगे आफ्नो फोटो भएका अरु सरकारी कागजात देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको जनाएको छ । आयोगले सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएकाले ढुक्क हुन आग्रह गरेको छ ।
सरकारले चुनाव हुने १, ५ र ७ नम्बर प्रदेशमा बुधबार सार्वजनिक बिदा दिएको छ । १५ हजार ३८ जना प्रतिनिधि चयनका लागि ६२ हजार ४ सय ८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीन प्रदेशका ३५ जिल्लामा हुने मतदानमा ६४ लाख ३२ हजार ७ सात ६५ मतदाता छन् ।
चुनावमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएका छन् । १ महानगरपालिका, ७ उपमहानगरपालिका १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका गरी जम्मा ३ सय ३४ स्थानीय तहमा चुनाव हुँदै छ ।
Comments
अरु समाचार
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
विपीन जोशीको रिहाइका लागि सहयोग गरिदिन विश्व समुदायसँग परराष्ट्रमन्त्री डा. राणाको आग्रह
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन हाल अमेरिकाको न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको...
-
केही ठाउँमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित पानी पर्ने
काठमाण्डौ ।अबका केही दिन देशभरको मौसममा फेरबदल आउने र पानी पर्न सक्ने मौसमविद्ले बताएका छन् । केही ठाउँमा मेघगर्जनरचट्याङ र...
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...