ताजा समाचार

दिपालय सिलगढी नगरपालिकामा जित्दै एमालेकी मञ्जु मलासी दोस्रो चरणकी पहिलो महिला मेयर बनिन्

डोटी, १८ असार । नेकपा एमालेकी मञ्जु मलासी दोस्रो चरणको चुनावकी पहिलो महिला मेयर बनेकी छन् । नेकपा एमालेको तर्फबाट दिपायल सिलगढी नगरपालिकाको मेयरकी उम्मेदवार बनेकी मलासी विजयी हुँदै पहिलो मेयर बनेकी हुन् । उनी ४ हजार ४१८ मतसहित विजयी भएकी हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बाजी सिंह खड्का (बिजय) ले ४ हजार १५२ मत ल्याए । त्यस्तै उपमेयरमा एमालेका शिवराज खड्का ४ हजार ५३७ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका प्रसिस महराले ४ हजार ९३ मत पाए ।

त्यस्तै जोरायल गाउँपालिकामा नेकपा एमालेका दुर्गादत्त ओझा ३ हजार ८७४ मतसहित विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा एमालेकी जमुना बोहराले ३ हजार ९५९ मतसहित विजयी भईन् । उनका निकटतम प्रतिस्पर्धी भावना कुमार बम ओझाले ३ हजार ४० मत प्राप्त गरे ।

यस्तै शिखर नगरपालिकाको मेयरमा कांग्रेसका सीताराम जोशी र उपमेयरमा कांग्रेसकै धौलीदेवी रावल विजयी भएका छन् । डोटीका सबै स्थानीय तहको मत परिणाम आएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org