ताजा समाचार

विराटनगर महानगरको मतगणना सकिन २१ दिन २१ रात लाग्ने, मतगणना गर्ने गणकहरु समेत हैरानीमा

विराटनगर, १८ असार । विराटनगर महानगरपालिको मत गणना एकदमै सुस्त गतिमा भईरहेको छ । पहिलो चरणको निर्वाचनमा मतगणना अति नै सुस्त भएकोले सबैले चर्को सास्ती पाएको भएपनि दोस्रो चरणको निर्वाचनमा पनि मतगणना प्रकृयामा सुधार आउन सकेन् ।

१४ असारमा सम्पन्न मतदानपछि मोरङको विराटनगर महानगरपालिकामा सुरु भएको मतगणना अति नै सुस्त गतिमा छ । जसले गर्दा मतपरिणाम सुन्न हौसिएका मतदाता, उम्मेदबारहरु मात्र नभएर मतगणना गर्ने गणकहरु समेत हैरानीमा छन ।

८० हजार ४ सय ७७ मत खसेको विराटनगर महानगरपालिकामा सातवटा केन्द्र बनाएर मत गणना गरिँदैछ । तर गत बिहिबार साढे चार बजेबाट सुरु भएको मतगणनामा आइतबार बिहानसम्ममा करिब १५ हजारको हाराहारीको मात्र गणना भएको छ । हिसाव गर्दा ४८ घण्टामा ८ हजार मत मात्र गणना भएको छ । जुन हिसावमा बिराटनगर महानगरपालिकाको पुरै मतगणना गर्न २१ दिन २१ रात अर्थात अझै ५ सय ४ घण्टा समय लाग्ने देखिन्छ ।

विराटनगर उपमहानगरपालिकामा १९ वडा छन् । एक शिफ्टमा सात वडाको गणना भैरहेकोले पुरै गणना सक्न तीन सिफ्ट लाग्नेछ । एउटा वडाको पुरै मत गन्न कम्तीमा पाँच दिन पाँच रात लाग्ने भएकोले पनि चारदेखी पाँच दिन लाग्ने भएकोले सोझो हिसाव गर्दा १५ दिनमा मात्र बिराटनगरको मतगणना कार्य सम्पन्न हुनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org