ताजा समाचार

माघ ७ भित्र सवै निर्वाचन सरकारको मुख्य प्राथमिकताः प्रधानमन्त्री देउवा


काठमाडौं, १८ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी माघ ७ गतेभित्र सबै तहको निर्वाचन सम्पन्न गराउनु सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरी मुलुकलाई स्थायित्व र विकासको मार्गमा अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

आईतबार त्रिभुवन विश्वविद्यालयको ५८ औं वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुनु र यसमा नागरिकको उत्साहपूर्ण सहभागिताले लोकतन्त्रको स्थायित्व र संविधानको कार्यान्वयनमा थप सहजता महसुस भएको अनुभूति पनि सुनाए ।

प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयनका लागि त्रिभुवन विश्वविद्यालयले रचनात्मक भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गरे । प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन अहिलेको अनिवार्य आवश्यक्ता भएको पनि स्मरण गराएका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org