ताजा समाचार

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर उपमेयर दुवैमा एमाले विजयी

कञ्चनपुर, २१ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयर दुबैमा एमाले विजयी भएको छ । मेयरका उम्मेदार एमालेका कर्ण बहादुर हमाल ६ हजार ७ सय ६ मत ल्याएर विजयी भएका हुन् ।

उनका प्रतिद्वन्दी माओवादि केन्द्रका का जोगराम चौधरीले ५ हजार ७ सय ५४ मत ल्याए । त्यस्तै उपमेयरमा एमालेकी रमिता कुमारी राना ७ हजार १८ मत ल्याएर विजयी भएकी छन् । उनका प्रतिद्वन्दी कांग्रेसका भुवनेश्वरी जोशीले ५ हजार ९ सय २८ मत ल्याईन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org