ताजा समाचार

बागलुङको जिरेदीमा जीप दुर्घटनामा १ को मृत्यु, ६ जना घाईते

बागलुङ, २२ असार । बागलुङको जिरेदीमा जीप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । काठेखोला गाउँपालिका–७ रेशा जिरेदीमा रेशाबाट बागलुङ बजार आउँदै गरेको ध १ ज १८८ नम्बरको जीप दुर्घटनामा परेको हो । दुर्घटनामा परी अन्दाजी ८ वर्षीय बच्चाको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक बच्चाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल खड्काले जानकारी दिए ।

दुर्घटनामा चालक सहित ६ जना यात्रु घाईते छन् । घाईतेहरुलाई उपचारका बागलुङ ल्याईएको प्रहरीले जनाएको छ । जीप सडकबाट तल खसेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org